free website hit counter

बाढीपीडितको राहत र पुनःस्थापनाका लागि ज्योति समूहले दियो १ करोड

beemaadmin
२०८३ भाद्र १४, आईतवार

काठमाडौं । नेपालको व्यावसायिक घराना ज्योति समूहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ।

समूहका अध्यक्ष पद्म ज्योतिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

भदौ १० गते रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्।

बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग जुटाइरहेको छ।

यसैक्रममा विभिन्न व्यक्ति, निजी क्षेत्र तथा संघसंस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी रहेको छ।

सम्बन्धित समाचार