free website hit counter

रिलायन्स लाईफले संकलन गर्यो ६० करोड माथि बीमा शुल्क

beemaadmin
२०७६ माघ २०, सोमबार

काठमाडौं । बीमा बजारमा आक्रामक उपस्थिति जनाएको नयाँ कम्पनी रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासससम्म ६० करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २१ करोड ५१ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो।

रिलायन्स लाइफको जीवन बीमा कोष ३९९ प्रतिशतले वृद्धि हुँदै ७७ करोड ५९ लाख पुगेको छ। जगेडा कोष पनि ३६ प्रतिशतले वृद्धि हुँदै १३ करोड ६२ लाख पुगेको छ। कम्पनीले ४ करोड ६५ लाख खुद मुनाफा गरेकोमा खुद मुनाफा गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ९३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैया ३४ पैसा छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रहेकोमा निकट भविष्यमा आईपिओ मार्फत कम्पनीले २ अर्ब पूँजीको लक्ष्य हासिल गर्ने छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार