free website hit counter

ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ भाद्र २३, मंगलवार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ।

बैंकले असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान ९ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ।

त्यसैगरी, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। यसअनुसार असोज २ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार