free website hit counter

राष्ट्रिय बीमा कम्पनीद्वारा बाढी प्रभावितका लागि २५ लाख सहयोग

beemaadmin
२०८३ भाद्र २३, मंगलवार

काठमाडौं । रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विपद्का बेला नागरिक तथा समुदायको साथमा रहनु आफ्नो सामाजिक दायित्व हो। राहत तथा पुनर्स्थापनाका अभियानमा सहयोग गर्दै सुरक्षित, सबल र उत्थानशील नेपाल निर्माणमा योगदान पुर्‍याउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।

राष्ट्रिय बीमा कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार