free website hit counter

बाढीपीडित नुवाकोटवासीलाई सिटिजन लाइफका लिडर्सको राहत सहयोग

beemaadmin
२०८३ भाद्र २४, बुधबार

काठमाडौं । बाढीबाट प्रभावित नुवाकोटका नागरिकका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लिडर्सहरूले खाद्यान्न, लत्ताकपडालगायत राहत सामग्री सहयोग गरेका छन्।

कम्पनीका विभिन्न शाखामा आबद्ध लिडर्स तथा सहयोगीहरूबाट संकलन गरिएको राहत सामग्री पहिलो चरणमा भदौ १३ गते विदुर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो। त्यसपछि भदौ १९ गते बाढीबाट प्रत्यक्ष प्रभावित बेत्रावती (स्वारा) क्षेत्रमा स्थापना गरिएको अस्थायी बस्तीमा समेत राहत सामग्री पुर्‍याइएको कम्पनीले जनाएको छ।

Advertisement
Advertisement

राहत अभियानको समग्र समन्वय सिटिजन लाइफको बालाजु क्षेत्रका क्षेत्रीय प्रमुख विष्णुप्रसाद सापकोटाले गरेका थिए। अभियानमा सरोज लो, स्टार एजेन्सी म्यानेजर गीता रायमाझी, सिनियर एजेन्सी म्यानेजर सुरेशबाबु जमरकट्टेल, सिनियर एजेन्सी म्यानेजर निरु अधिकारी, एजेन्सी म्यानेजर सुशीलकुमार बस्नेत, दुर्गा ढकाल खड्का, जया श्रेष्ठ, उमा देउजा र उमा थापालगायत विभिन्न शाखामा आबद्ध ८० भन्दा बढी लिडर्सको सक्रिय सहभागिता रहेको थियो।

Advertisement
Advertisement

जोखिमपूर्ण सडक तथा कठिन भौगोलिक अवस्थाको समेत पर्वाह नगरी राहत सामग्री नुवाकोटका विभिन्न होल्डिङ सेन्टरसम्म पुर्‍याइएको थियो। राहत वितरणमा लिडर्सहरू हरि अधिकारी, उमा देउजा, वीरबहादुर तामाङ, विष्णु गुरुङ र दिलकुमार कोजुले सहयोग गरेका थिए।

त्यस्तै, स्वयम्भू शाखा प्रमुख कल्पना कार्की भण्डारी, जरङ्खु शाखा प्रमुख विपुल पाण्डे, महाराजगञ्ज शाखा प्रमुख दीपक पोखरेल, टोखा शाखा प्रमुख राजकुमार न्यौपाने, बालाजु शाखा प्रमुख मनिषा तामाङ र नुवाकोट शाखा प्रमुख कविता श्रेष्ठले राहत संकलन, समन्वय तथा व्यवस्थापनमा भूमिका निर्वाह गरेका थिए।

विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानले कम्पनीका लिडर्सहरूको सामाजिक उत्तरदायित्व, सहकार्य र मानवीय प्रतिबद्धता प्रतिबिम्बित गरेको सहभागीहरूले बताएका छन्।

सम्बन्धित समाचार