free website hit counter

नेपाल बैंकका कर्मचारीको जीवन बीमा गर्ने सम्झौता

beemaadmin
२०८३ आश्विन १, बिहीबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीको जीवन बीमा गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीले जीवन बीमा सुविधा प्राप्त गर्नेछन्। यसबाट कर्मचारीको जीवन तथा आर्थिक सुरक्षामा थप सहयोग पुग्ने दुवै संस्थाले जनाएका छन्।

सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति थियो। सहभागीहरूले कर्मचारीको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितमा जीवन बीमाको महत्वपूर्ण भूमिका रहेको बताएका थिए।

नेशनल लाइफले ग्राहक तथा संस्थागत साझेदारको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार