काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुन लागेको दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३ को टाइसिट ड्र सम्पन्न भएको छ।
कम्पनीले कमलादीस्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा विभिन्न बीमा कम्पनी तथा संस्थाका सहभागी टोलीलाई समेटेर टाइसिट ड्र गरेको हो। ड्रमार्फत प्रतियोगिताको प्रारम्भिक चरणका खेलहरू तय गरिएको छ।
असोज ३ गते सामाखुसी फुटसलमा प्रतिस्पर्धा
प्रतियोगिता असोज ३ गते सामाखुसी फुटसलमा आयोजना हुनेछ। टाइसिट ड्रमार्फत प्रारम्भिक नकआउट चरणमा सहभागी टोलीहरूबीच हुने प्रतिस्पर्धाको तालिका निर्धारण गरिएको कम्पनीले जनाएको छ।
टाइसिट ड्रबाट तय भएको खेल तालिकाले सहभागी टोलीहरूलाई प्रतियोगिताका लागि तयारी गर्न थप अवसर प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।
प्रतियोगिताले नेपाली बीमा क्षेत्रका विभिन्न कम्पनीबीच आपसी सम्बन्ध, सहकार्य र स्वस्थ प्रतिस्पर्धालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
यस वर्ष आयोजना हुन लागेको दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपका लागि एरिना प्रोलाई आधिकारिक मोबाइल एप पार्टनरका रूपमा सहकार्यमा ल्याइएको छ।
प्रतियोगिताका खेलको स्कोर, खेलको अवस्था, खेल तालिका तथा अन्य महत्वपूर्ण जानकारी एरिना प्रो मोबाइल एपमार्फत प्राप्त गर्न सकिनेछ।
खेलप्रेमी तथा सहभागीहरूले एरिना प्रो एप डाउनलोड गरी प्रतियोगितासम्बन्धी अपडेट सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
एरिना प्रोसँगको सहकार्यले प्रतियोगिताका खेलसम्बन्धी सूचना तथा स्कोरलाई डिजिटल माध्यमबाट दर्शक र खेलप्रेमीमाझ पुर्याउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।