काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिसमा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले गत भदौ १८ गते बुक क्लोज गरेको थियो।