free website hit counter

आज संविधान दिवस मनाइँदै

beemaadmin
२०८३ आश्विन ३, शनिबार

काठमाडौं । नेपालमा आज संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ।

संविधान दिवसका अवसरमा सरकारले हरेक वर्ष विशेष समारोह आयोजना गर्दै आएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहने गरेको छ।

संविधान दिवसका अवसरमा प्रदेश तथा स्थानीय तहले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। त्यस्तै, राजनीतिक दल, विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट समेत छुट्टाछुट्टै कार्यक्रम गरी दिवस मनाउने गरिन्छ।

दिवसको अवसरमा राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय एकताप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार