free website hit counter

त्रिपुरेश्वरमा बसभित्र जलेका घाइते चालकको मृत्यु

beemaadmin
२०८३ आश्विन ६, मंगलवार

काठमाडौँ । त्रिपुरेश्वरमा सार्वजनिक बसभित्र आगलागी हुँदा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।

बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा २५ वर्षीय लामाको शरीर ९० प्रतिशतभन्दा बढी जलेको थियो। कीर्तिपुर अस्पतालमा उपचाररत उनको गएराति मृत्यु भएको अस्पतालकी निर्देशक निजिना ताम्राकारले जानकारी दिइन्।

मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि गम्भीर घाइते लामाको उपचारका क्रममा ज्यान गएको हो।

घटना हुनुभन्दा केही मिनेटअघि राति १२ः३७ बजे लामाको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ। आगलागीको घटनासँग सम्बन्धित थप विवरणबारे अनुसन्धान भइरहेको छ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–सिस्नेरी स्थायी घर भएका लामा हाल काठमाडौँको कोटेश्वरमा बस्दै आएका थिए। सात भाइमध्ये एक रहेका उनी विगत ६–७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत थिए।

लामाले यसअघि ट्याक्सी तथा चन्द्रागिरि यातायातमा चालकका रूपमा काम गरेका थिए। पछिल्लो ३–४ महिनादेखि भने उनी ऋद्धिसिद्धि यातायातमा कार्यरत रहेको बताइएको छ।

सम्बन्धित समाचार