free website hit counter

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न २६औँ वार्षिक साधारण सभा बोलाएको छ।

बैंकको साधारण सभा असोज २८ गते बुधबार काठमाडौंको सुवर्ण शम्शेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एन्ड इभेन्ट्समा बिहान ११ बजे बस्नेछ।

सभाले बैंकको हाल कायम चुक्ता पूँजीको २.०१५६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन्।

 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार