काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन्।
कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको ६३औँ बैठकले गिरीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि कम्पनीमा कायममुकायम कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गिरीलाई असोज २५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको कम्पनीले जनाएको छ।