free website hit counter

एलपी ग्यास उद्योग संघमा फेरि भण्डारी

beemaadmin
२०७६ भाद्र २६, बिहीबार

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्षमा पुनः गोकुल भण्डारी निर्विरोध निर्वाचित गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन् । यसैगरी महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयन भएका छन्। संघको सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल जाजोदिया, बाबुराम पोखरेल,योगेश घिमिरे र सुदिप घिमिरे चयन भएका छन्।संघले योगेश पौडेल र अमित अग्रवाललाई मनोनित सदस्यका रुपमा चयन गरेको छ ।
साधारणसभामा सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरूलाई सहुलियतमा ग्यास उपलब्ध गराउने बताएका छन् ।
मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउने विषयमा छलफल भएको बताएका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार