free website hit counter

यूनाईटेड इन्स्योरेन्सकाे डारेक्टरमा भट्टराई

beemaadmin
२०७६ माघ २२, बुधबार

 

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीको रिक्त सञ्चालक समिति सदस्यमा जीवन भट्टराई नियुक्त भएका छन् । सेन्चुरी कमर्सियल बैंकको डेपुटी सीईओबाट बाहिरिएका भट्टराईलाई सो जिम्मेवारी दिइएको हो ।

चौधरी ग्रुपका प्रतिनिधि महेशराज पन्त नबिल बैंकको डारेक्टर भएर गएपछि रिक्त पदमा भट्टराई नियुक्त भएका हुन् । पछिल्लो समय यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिमा व्यापक फेरबदल भएको छ । दुई साताअघि मात्र तत्कालिन अध्यक्ष भरत बहादुर कार्कीले पदबाट राजीनामा दिएका थिए । अध्यक्ष पद उद्योगी रविभक्त श्रेष्ठ समालेका छन् ।

त्यस्तै, सञ्चालक समिति सदस्य बुद्धकाजी श्रेष्ठले पनि पदबाट राजीनामा दिएका छन् । उनको स्थान अझै पूर्ति भएको छैन ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार