free website hit counter

सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ कार्तिक १३, बिहीबार

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३१.१३ प्रतिशतले बढेको हो ।

बैंकको नाफामा भएको वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस), स्वपुँजीमा प्रतिफल (आरओई) र प्रतिसेयर वितरणयोग्य नाफामा समेत सुधार देखिएको छ ।

Advertisement
Advertisement

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १३ रुपैयाँ १५ पैसा थियो । त्यस्तै, स्वपुँजीमा प्रतिफल ७.६८ प्रतिशतबाट बढेर १५.६० प्रतिशत पुगेको छ ।

Advertisement
Advertisement

बैंकको प्रतिसेयर वितरणयोग्य नाफा पनि बढेको छ । गत वर्ष १९ रुपैयाँ २७ पैसा रहेको यस्तो नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ रुपैयाँ ५८ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

यस अवधिमा बैंकको निक्षेप संकलन ११.८४ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद कर्जा तथा सापटी प्रवाह १.६९ प्रतिशतले बढेर २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा अनुपातमा समेत सुधार आएको छ । गत वर्षको सोही अवधिमा ३.९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात (ग्रस एनपीए) घटेर २.८६ प्रतिशतमा झरेको छ । एक वर्षमा खराब कर्जा अनुपात १.०५ प्रतिशत बिन्दुले घटेको हो ।

बैंकको प्राथमिक पुँजी पर्याप्तता अनुपात (टियर वान) ९.७० प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।

सम्बन्धित समाचार