free website hit counter

सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश

beemaadmin
२०८३ कार्तिक १५, शनिबार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा आज केन्द्रीय कार्यालय बालुवाटारमा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको २२ वर्षे यात्रामा साथ र सहयोग गर्ने संस्थापक, सञ्चालक समिति, ग्राहक, शेयरधनी, कर्मचारी तथा नियमनकारी निकायलगायत सबैप्रति आभार व्यक्त गरे।

Advertisement
Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकका सेवाहरूलाई थप स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

Advertisement
Advertisement

वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत घोषणा गरेको छ। जसअनुसार हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। उक्त शिविरमा प्रसूति रोग विशेषज्ञमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइने बैंकले जनाएको छ।

त्यस्तै, हुम्लाको सिमकोट–२ स्थित श्री रामदेव माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई विद्यालय पोसाक तथा स्टेसनरी सामग्री वितरण गरिने भएको छ।

यसैगरी, रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुङ्ग्री हेल्थपोस्टलाई एक थान बेबी वार्मर र एक सेट अटोक्लेभ ड्रम उपलब्ध गराउने बैंकले घोषणा गरेको छ।

वार्षिकोत्सवकै अवसरमा बैंकले पाँच वर्ष र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरी सम्मानसमेत गरेको थियो।

आम नागरिकको विश्वास र भरोसाका आधारमा बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार