free website hit counter

दुग्ध विकास संस्थानमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा पूर्वमहाप्रबन्धकसहित ८ जना पक्राउ

beemaadmin
२०८३ कार्तिक १५, शनिबार

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी हानिनोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानका तत्कालीन महाप्रबन्धक संजीव झासहित आठ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

Advertisement
Advertisement

पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक ४५ वर्षीय संजीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज तथा हाल बालाजु दुग्ध वितरण आयोजनामा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत ४६ वर्षीय विजयकुमार यादव र तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज तथा हाल संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा कार्यरत ५५ वर्षीय मनहरी शर्मा रहेका छन्।

Advertisement
Advertisement

त्यस्तै, तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज तथा हाल काठमाडौं दुग्ध वितरण आयोजनाको संकलन केन्द्रमा कार्यरत ४९ वर्षीय रामकेवल राय र हेटौंडास्थित बागमती धुलो दूध कारखानामा भरपाई पदमा कार्यरत २८ वर्षीय जितेन्द्रकुमार यादव पनि पक्राउ परेका छन्।

अन्य पक्राउ पर्नेमा नवलपुर–गरुडा चिस्यान केन्द्रका इन्चार्ज तथा डेरी ब्वाइ पदमा कार्यरत नवीन राय यादव, माडी चिस्यान केन्द्रमा दैनिक ज्यालादारीमा कार्यरत शिवनन्दन राय र सोही केन्द्रका इन्चार्ज तथा जुनियर टेक्निकल असिस्टेन्ट पदमा कार्यरत विखबहादुर भण्डारी रहेका छन्।

सीआईबीका अनुसार उनीहरूले पूर्वनियोजित योजना र आपसी मिलेमतोमा विभिन्न समूह खडा गरी संगठित सञ्जालमार्फत संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको गैरकानुनी हानिनोक्सानी पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अनुसार अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

सम्बन्धित समाचार