free website hit counter

ओली–थापा भेटमा मधेस प्रदेश सरकारको चर्चा

beemaadmin
२०८३ कार्तिक १९, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबीच करिब एक घण्टा छलफल भएको हो। कांग्रेस सभापति थापानिकट एक नेताका अनुसार भेटमा मुख्य रूपमा मधेस प्रदेश सरकारको विषयमा कुराकानी भएको थियो।

Advertisement
Advertisement

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको मधेस प्रदेश सरकार संकटमा परेको छ। एमाले, जनता समाजवादी पार्टी (जसपा) र नेकपा मिलेर नयाँ सरकार गठनको गृहकार्य गरिरहेका बेला कांग्रेस सभापति थापा ओलीलाई भेट्न गुण्डु पुगेका हुन्।

Advertisement
Advertisement

भेटमा मधेस प्रदेशको राजनीतिक समीकरणसँगै पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि छलफल भएको थापानिकट नेताले बताएका छन्।

सम्बन्धित समाचार