free website hit counter

तिहारपछि छठ मनाउन सर्लाही जाँदै थापा

beemaadmin
२०८३ कार्तिक २५, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा तराई–मधेशको प्रमुख पर्व छठ मनाउन सर्लाही–४ जाने भएका छन्। नेपाल संवत् तथा तिहार पर्व मनाएलगत्तै उनी छठ पर्वको अवसर पारेर आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुग्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा थापा सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। छठ पर्वका अवसरमा सर्लाही पुग्दा उनले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा निर्माण गरिएका छठ घाटहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

Advertisement
Advertisement

सो क्रममा उनले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक विधिमा सहभागिता जनाउनेछन्। साथै स्थानीय मतदाता, नागरिक तथा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गरी छठ पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको सचिवालयले जनाएको छ।

Advertisement
Advertisement

यसअघि मंगलबार सभापति थापा नेपाल संवत् ११४७ को अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए। उनले नेवार समुदायको परम्परागत म्हः पूजामा समेत सहभागिता जनाएका थिए।

त्यस्तै, बुधबार भाइटीकाको दिन उनले घरमै पारिवारिक वातावरणमा तिहार मनाउने कार्यक्रम छ। तिहार सम्पन्न गरेलगत्तै उनी छठ पर्व मनाउन मधेश जाने तयारीमा रहेका छन्।

सम्बन्धित समाचार