free website hit counter

अमेरिका–इरान युद्ध अन्त्य हुने आशाले तेलकाे मूल्य घट्दाे

beemaadmin
२०८३ कार्तिक २५, मंगलवार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको छ। अमेरिका र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने सम्भावना बढेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको हो।

अन्तर्राष्ट्रिय बजारको प्रमुख मानक मानिने ब्रेन्ट नर्थ सी क्रुडको मूल्य अगस्टयता पहिलोपटक प्रतिब्यारेल ९० डलरभन्दा तल आएको छ।

Advertisement
Advertisement

प्राप्त विवरणअनुसार ब्रेन्ट क्रुडको मूल्य ३.१ प्रतिशतले घटेर प्रतिब्यारेल ८९.६६ डलर कायम भएको छ। त्यस्तै, अमेरिकी बजारको प्रमुख मानक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य पनि २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ८४.८६ डलरमा झरेको छ।

Advertisement
Advertisement

यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा युद्धका कारण उत्पन्न आपूर्ति अवरोध कम हुन सक्ने अपेक्षा गरिएको छ।

यद्यपि, राष्ट्रपति ट्रम्पले इरानमाथि थप सैन्य आक्रमण गर्ने सम्भावनालाई भने अस्वीकार गरेका छैनन्। यसले मध्यपूर्वको भू–राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय तेल बजारमा अनिश्चितता कायमै रहेको संकेत गरेको छ।

अमेरिका–इरान तनाव कम हुने अपेक्षाले तेलको मूल्यमा तत्काल गिरावट आए पनि आगामी दिनमा युद्धको अवस्था, तेल आपूर्ति र बजारको मागले मूल्यको दिशा निर्धारण गर्नेछ।

सम्बन्धित समाचार