free website hit counter

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ मंसिर २, मंगलवार

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले शेयरधनीलाई प्रस्ताव गरेको नगद लाभांश अनुमोदन गर्ने उद्देश्यसहित ४०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंकले आगामी मंसिर २३ गते बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा गर्ने निर्णय गरेको हो। बिहान ९ बजेदेखि सुरु हुने सभामा गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको लाभांशसहित विभिन्न एजेन्डामाथि छलफल हुनेछ।

Advertisement
Advertisement

सभामा बैंकको हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। उक्त लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ।

Advertisement
Advertisement

लाभांश प्रस्ताव पारित गर्नुका साथै सभाले बैंकको लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालक चयन गर्न निर्वाचन गर्ने कार्यसूची रहेको छ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १० गते शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकको प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित समाचार