free website hit counter

गुँरास लाइफलाई शतप्रतिशत हकप्रद निष्काशनको अनुमति

beemaadmin
२०७६ माघ २३, बिहीबार

काठमाडौं । मियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई चुक्ता पुँजीको मापदण्ड तोकिदिएपछि बीमा कम्पनीहरु चुक्ता पुँजी पुर्याउने चटारोमा छन् । यही सिलसिलामा सतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले अनुमति प्रदान गरेपछि शेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ ।

इन्स्योरेन्सले चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ शेयरको अनुपातामा ९३ करोड ८५ लाख रुपैयाँ बराबरको ९३ लाख ८५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

इन्स्योरेन्सको हकप्रद निष्काशनपछि चुक्ता पूँजी एक अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ। बीमा समितिले तोकेको २ करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न कम्पनीलाई अझै १३ करोड रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ। कम्पनीको हकप्रद शेयरमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।

सम्बन्धित समाचार