काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि ४५ रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३८० रुपैयाँ थियो।
पछिल्लो मूल्य घटेसँगै सुन र चाँदी दुवैको कारोबार मूल्यमा गिरावट आएको छ।