काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी तथा व्यवसायी सहभागी हुने भएका छन्। प्रधानमन्त्रीको दुईदिने राजकीय भ्रमणका क्रममा व्यवसायीहरूको छुट्टै टोली पनि नयाँ दिल्ली जाने भएको हो।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री शाहको भारत भ्रमणमा ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल सहभागी हुने जानकारी दिएका हुन्।
भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक गोपालप्रसाद तिवारी तथा कार्यसमिति सदस्यहरू सुनीता नेह्माफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ र सागर ढकाल रहेका छन्। महासंघको व्यापार समिति सदस्य निरज काफ्ले पनि टोलीमा सहभागी हुनेछन्।
त्यस्तै, नेपाल वैदेशिक व्यापार संघका अध्यक्ष शिवकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी पनि भारत जाने सूचीमा छन्।
उद्योगी तथा व्यवसायी राजबहादुर शाह, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष दीपककुमार माल्होत्रा, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुली तथा व्यवसायी कुनाल कयाल र सुनील केसी पनि भ्रमण टोलीमा रहनेछन्।
निजी क्षेत्रका अन्य प्रतिनिधिमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष करण चौधरी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी र पूर्वअध्यक्ष गणेश कार्की रहेका छन्।
त्यसैगरी, पुष्कर पौडेल, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डे, पशुपति देव पाण्डे, अर्जुनकुमार श्रेष्ठ, शोभा गुरुङ, गोविन्दप्रसाद घिमिरे, सरोज श्रेष्ठ र रवीन्द्र शाक्य पनि भ्रमणमा सहभागी हुनेछन्।
टोलीमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह, सागर पाण्डे, विभूषण बिष्ट, दर्शना श्रेष्ठ, दिकिला शेर्पा लामा र बलराम गुरुङ पनि समेटिएका छन्।
यसैगरी, उद्यमी तथा व्यवसायी सचिन ढकाल, नितेश मालपानी, कल्याण गुरुङ, तुकप्रसाद पौडेल, जीवा लामिछाने, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास, यमुना श्रेष्ठ, विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, सञ्जय काफ्ले, दीपक थापा, निकोलस पाण्डे र राजनकुमार वन पनि भारत भ्रमणमा जानेछन्।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, पारवहन तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने कार्यक्रम छ।