free website hit counter

रोहित पौडेलले समाते सिम्रनको हात

beemaadmin
२०८३ मंसिर १२, शुक्रबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार ब्याटर रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिएका छन्। उनले प्रेमिका सिम्रन खड्कासँग बिहीबार थाइल्यान्डमा विवाह गरेका हुन्।

पौडेल र खड्काले थाइल्यान्डमा आयोजित विशेष समारोहबीच विवाह गरेका हुन्। सन् २०१२ मा ‘मिस लिटल आइडल’को उपाधि जितेकी खड्कासँगको विवाहको तस्बिर सार्वजनिक गर्दै पौडेलले सामाजिक सञ्जालमा भावुक सन्देशसमेत लेखेका छन्।

Advertisement
Advertisement

उनले लेखेका छन्, ‘सपनाहरू निर्माण गर्ने सहयात्रीबाट जीवनभरका लागि जीवनसाथी बन्न पुग्यौँ। सधैँभरि सँगै रहने वाचासहित!’

Advertisement
Advertisement

विवाह समारोहमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू पनि थाइल्यान्ड पुगेका थिए। कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरालगायत खेलाडी विवाह समारोहमा सहभागी भएका थिए।

२४ वर्षीय पौडेल नेपाली क्रिकेटका पूर्वकप्तान हुन्। हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा उनले लुम्बिनी लायन्सको कप्तानी गरेका थिए। उनको नेतृत्वमा लुम्बिनी लायन्स प्रतियोगिताको फाइनलसम्म पुग्न सफल भएको थियो।

पौडेलको विवाहको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा क्रिकेटप्रेमी तथा शुभचिन्तकहरूले नवदम्पतीलाई बधाई तथा वैवाहिक जीवनको शुभकामना दिइरहेका छन्।

सम्बन्धित समाचार