free website hit counter

जन्मदिनमा श्रीमतीलाई १० लाखको बीमा पोलिसी उपहार

beemaadmin
२०८३ मंसिर १२, शुक्रबार

काठमाडौं । जन्मदिन, विवाह, व्रतबन्ध तथा अन्य पारिवारिक समारोहमा भौतिक उपहार र तडकभडकमा खर्च गर्ने चलन विस्तारै परिवर्तन हुन थालेको छ। विशेष अवसरलाई दीर्घकालीन आर्थिक सुरक्षासँग जोड्दै जीवन बीमा पोलिसी उपहार दिने अभ्यास पनि बढ्दै गएको छ। यसको उदाहरण बनेका छन् गोरखाका एक दम्पती।

गोरखाको आरुघाट गाउँपालिका–२ निवासी विनोद गुरुङले आफ्नी जीवनसाथी रिमा गुरुङको जन्मदिनको अवसरमा १० लाख रुपैयाँ बीमाङ्कको जीवन बीमा पोलिसी उपहार दिएका छन्।

Advertisement
Advertisement

दम्पतीले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गोरखा शाखामार्फत ‘सिटिजन जीवन सारथी’ बीमा योजना खरिद गरेका हुन्।

Advertisement
Advertisement

भविष्यको अवकाश जीवनलाई आर्थिक रूपमा सुरक्षित बनाउने, वर्तमानमा सम्भावित जोखिमको आर्थिक भार कम गर्ने र अनावश्यक खर्च कटौती गर्दै बचत गर्ने बानी विकास गर्ने उद्देश्यले जीवन बीमा गरेको उनीहरूले बताएका छन्।

उक्त बीमालेख कम्पनीकी एजेन्सी म्यानेजर प्रिती गुरुङ (रिना) ले हस्तान्तरण गरेकी हुन्।

पछिल्लो समय जन्मदिन तथा अन्य विशेष अवसरमा भौतिक सामग्रीको सट्टा जीवन बीमा पोलिसी उपहार दिने अभ्यासले आर्थिक सुरक्षाप्रतिको सचेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार