free website hit counter

ललिता निवास प्रकरणले आज पनि रोकियो संसद

beemaadmin
२०७६ माघ २४, शुक्रबार

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही भएको भन्दै दोस्रो दिन पनि संसद अवरुद्ध गरेको छ । शुक्रबार संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको आरोप लगाएका छन् । हजार दोषी छुटुन् तर एउटा निर्दोष नपरुन् भन्ने न्यायको सिद्धान्त भए पनि ललिता निवास प्रकरणमा उल्टो भएको उनले बताए ।
आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको दाबी उनले गरे । अख्तियार सरकारको छायाँ बनेको र आफ्नालाई बोक्ने तथा विरोधीलाई ठोक्ने नीति लिएको कांग्रेसको आरोप छ । नेपाली कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।

नेपाल भन्छन्, म निर्दोष छु
प्रतिपक्षी दल लगायतले तत्कालिन सरकारका प्रमुखका नाताले प्रधानमन्त्री पनि सो काण्डमा दोषी देखिनु पर्ने आवाज उठाइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । नेता नेपालले भने, म दोषी छैन, म अपराधी होइन । म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ ।
कांग्रेसले भनेजस्तो पार्टीगत रुपमा कसैलाई फसाउन खोजेको जस्तो आफूलाई नलागेको पनि उनले बताए । कांग्रेसले भनेजस्तो कसैलाई फसाइएको हो भने त्यो गतल हुने नेता नेपाले बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार