free website hit counter

माछापुच्छ्रे क्यापिटल सञ्चालनमा

beemaadmin
२०७६ माघ २५, शनिबार

काठमाडौं । क्यापिटल बजारमा माछापुच्छ्रे क्यापिटल लिमिटेड थपिएको छ । माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा माछापुच्छ्रे क्यापिटल थपिएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रुपमा माछापुच्छ्रे क्यापिटलको उद्घाटन भयो । माछापुच्छ्रे क्यापिटलका अध्यक्षमा सन्तोष कोइराला रहेका छन् ।

उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले माछापुच्छ्रे क्यापिटलले देशको खुम्चिएको पुँजी बजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफल होस भन्ने शुभकामना व्यक्त गरे ।

Advertisement
Advertisement

त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे क्यापिटललाई व्यवसायिक शुभारम्भको अवसरमा बधाई दिए । उनले क्यापिटलले आफ्नो व्यवसाय बिस्तारको क्रममा राजधानी भित्र मात्र नभै देश भरी रहेका लगानीकर्ताहरुलाई सेवा पु¥याउनु पर्नेमा जोड दिएका थिए ।

Advertisement
Advertisement

सम्बन्धित समाचार