free website hit counter

युनियन लाइफको खुद नाफा २२ करोड ३८ लाख

beemaadmin
२०७६ माघ २८, मंगलवार

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १३०.७८ प्रतिशत बढी हो। गत आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट १४ करोड १४ लाख र बीमालेख धितोमा ५० करोड ५२ लाख रुपैयाँ लगानी गरी २ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीको खुद नाफामा पनि सुधार भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले २२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिको तुलनामा यो २६२।९४ प्रतिशत अर्थात १६ करोड २२ लाख रुपैयाँले धेरै हो। गत बर्षको यसै अवधिमा इन्स्योरेन्सले ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सर्वसाधारणको लागि आईपीओ निष्काशनको तयारीमा रहेको कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ।
कम्पनीको जगेडा कोषमा ५६ करोड २६ लाख रुपैयाँ, जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड र महाविपत्ती जगेडामा ६ करोड २५ हजार रुपैयाँ सञ्चित छ।

कम्पनीले हालसम्म २ लाख ५१ हजार ६८२ बीमालेख जारी गरी कुल ६ अर्ब २६ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीले १७० दाबी बापत ४३ करोड २७ लाख कुल दाबी भुक्तानी गरेको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार