free website hit counter

अष्ट्रेलियाको एडिलेडका एम्बेसडरमा को–को छानिए

beemaadmin
२०७६ माघ २८, मंगलवार

काठमाडौं । एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबर्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ । मेरियट होटल, काठमाडौंमा आयोजित एक प्रिजेन्टेशन समारोहमा नेपालका ४ जना विद्यार्थीलाई एम्बेसडर घोषणा गरिएको थियो । उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार, दक्षिण अष्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरुका अधिकारीहरु उपस्थित थिए ।
विद्यार्थी एम्बेसडरलाई स्टडी एडिलेडले ५ हजार अष्ट्रेलियन डलरको उत्साजनक सर्पोट प्याकेज प्रदान गर्नेछ जसमा १ हजार ५ सय अष्ट्रेलियन डलर सम्मको फिर्ती टिकट, १ हजार अष्ट्रेलियन डलरको उपहार भौचर, व्यवसायी विकास सत्र, एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निःशुल्क प्रवेश समावेश गरिएको छ जहाँ विद्यार्थीहरु शहरको पूर्ण शैक्षिक र जीवनशैली अनुभव गर्न सक्षम हुनेछन् ।
विद्यार्थीहरुलाई आफ्नो साथीहरु, परिवार र समुदायसँग एडिलेड अन्तर्राष्ट्रय विद्यार्थीहरुका लागि अष्ट्रेलियाकै सर्वश्रेष्ठ शहरहरु मध्य एक भएको र यसको फाइदाहरुका बारेमा पोष्ट, भिडियो र ब्लगमार्फत शेयर गर्न प्रत्सोहान गरिन्छ ।
वर्षौदेखि नेपालबाट थुप्रै विद्यार्थीहरु उच्च शिक्षाका लागि एडिलेड जाने क्रम बढ्ढो छ, जहाँ सन् २०१९ मा २ हजार भन्दा बढि विद्यार्थीले अध्ययनका लागि एडिलेड चयन गरेका छन् । एडिलेडका विश्वविद्यालयमा इन्जिनियरिङ, कम्प्युटर साइन्स र आईटी नेपाली विद्यार्थीहरुको लोकप्रिय पाठ्यक्रमहरु रहेका छन् । यो प्रतियोगिताले नेपालभरि नै उत्साहजनक प्रतिक्रिया पाएको थियो र पहिलो पटक “स्टडी एडिलेड स्टुडेन्ट एम्बेसेडर” को ट्याग जित्नका लागि ठुलो संख्यामा उम्मेदवारले आवेदन दिएका थिए । सन् २०२० का लागि छनौट गरिएका ४ विद्यार्थीहरु काठमाडौंका पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका खगेन्द्र कार्की रहेका छन् ।
यस अवसरमा स्टडी एडिलेडका सिईओ क्यारन केन्टले नेपालमा पहिलो पटक आयोजना गरिएको २०२० एम्बेसडर प्रोग्रामको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए । साथै, दक्षिण एशियाबाट १५०० भन्दा बढि उच्च गुणस्तरीय आवेदन प्राप्त गरेको र नेपालको संख्या उल्लेखनिय रहेको बताएका थिए । स्टडी एडिलेड एम्बेसेडरहरुले फ्लिन्डर युनिभर्सीटी, द युनिभर्सीटी अफ एडिलेड, युनिभर्सीटी अफ साउथ अष्ट्रेलिया, टीएएफई एसए र इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट लगायतका संस्थाहरुमा इन्जिनियरिङ, हेल्थ म्यानेजमेन्ट र सोस्यल वर्कमा स्नातकोत्तर गर्नेछन् ।
विश्वभरका शिर्ष २५ युनिभर्सीटीमा पर्ने यसका ३ स्टेट युनिभर्सीटीहरुका साथ एडिलेड विद्यार्थी जीवनका लागि तयार पारिएको अग्रणी शैक्षिक शहर हो । इकोनोमिस्ट इन्टिलिजेन्श युनिट वल्र्डवाइड कस्ट अफ लिभिङ रिर्पोटका अनुसार एडिलेड सिड्नी र मेलबोर्नको तुलनामा बस्नाका लागि १४५ किफायती छ । यो शहरको अर्थव्यवस्था पनि तीव्र रुपले बढिरहेको छ र धेरै अष्ट्रेलियन स्पेश एजेन्सीको मुख्य ठाँउ हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार