free website hit counter

प्रभु लाइफको नाफा १५ करोड नजिक

beemaadmin
२०७६ माघ २९, बुधबार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ८७ लाख रुपैयाँ खुद बीमा शूल्क संकलन गरेको थियो। पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ करोड ७९ लाख रुपैयाँ लगानी, कर्जा तथा अन्य आयबाट आर्जन गरेको छ। कम्पनीले ३१ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६ करोड २८ लाख रुपैयाँ धेरै हो।

खुद बीमाशुल्क बढेसँगै इन्स्योरेन्सको खुद नाफामा पनि सुधार भएको छ। गत वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सले यस अवधिमा ३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५१ करोड ९० लाख रुपैयाँ र महाविपत्ती जगेडामा एक करोड १७ लाख रुपैयाँ सञ्चित छ। हालसम्ममा ६४ हजार ४०५ बीमालेख जारी गरी एक अर्ब १ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ। यस अवधिमा इन्स्योरेन्सले ६० वटा दाबी बापत ९५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेको छ।

सम्बन्धित समाचार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार