free website hit counter

सिद्धार्थ ईन्स्योरेन्स र सिप्रदीबीच सम्झौता

beemaadmin
२०७६ फाल्गुन १, बिहीबार

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स र सिप्रदी ट्रेडिङ्गबीच बिमितहरुलाई नगदरहित सवारी साधन मर्मत सम्भार गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौताअनुसार सिप्रदी ट्रेडिङ्गले बिक्री गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बीमा भएका सवारी साधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदी ट्रेडिङ्गको नेपाल भरका कुनै पनि आधिकारीक वर्क शपमा मर्मत सम्भार गर्दा वीमितहरुले बीमा लेखको रक्षावरणसम्मको रकम वर्कशपलाई सिद्धार्थ ईन्स्योरेन्सवाट भुक्तानी हुनेछ ।

सम्झौता पत्रमा ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रदी ट्रेडिङ्गका तर्फवाट भाईस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए । यस सम्झौतावाट बिमितले झन्झट रहित र प्रभावकारी बीमा दावीको सेवा प्राप्त गर्न सक्ने कम्पनी विश्वास गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार