free website hit counter

सानिमा जनरल इन्स्योरेन्सको बीमा शुल्क संकलन बढ्यो

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा जनरल इन्स्योरेन्सले १ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५४ लाख ७७ हजार रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ५ करोड ९० लाख रुपैयाँले बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ३ करोड २८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ५४ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड २९ लाख रुपैयाँ, बीमाकोषमा ३ करोड ८७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३८ लाख ७१ हजार रुपैयाँ सञ्चित छ। यस अवधिमा इन्स्योरेन्सले २१ हजार ७९२ वटा बीमालेख जारी गरी १७ करोड ८१ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। यस्तै, ३८४ वटा दाबी बापत कम्पनीले ३ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको छ भने २७९ दाबी बापत ८ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार