free website hit counter

कुवेतमामा ज्यान गुमाउने नेपाली को को थिए ?

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । कुवेतको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । ढिस्कोले पुरिँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो । ज्यान गुमाउने ६ जना नेपाली कामदारहरु मध्ये पहिचान खुलेका चार नेपालीहरुमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेका छन् । भने बाँकी दुई जनाको पहिचान खुल्न बाँकी हरेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
त्यसैगरी, घाइते मध्ये धर्मेन्द्र कुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते मनोरथ मण्डल भने उपचारपश्चात कम्पनी फर्किएका दूतावासले जानकारी दिएको छ । ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए । ब्लक १, एन फाइभमा काम गर्ने क्रममा उनीहरुमाथि बालुवा र ग्राभल खसेको थियो ।
घटनालगत्तै त्यहाँ २० वटा एम्बुलेन्स तथा जहरा फायर स्टेसन र टेक्निल रेस्क्यु सेन्टरका उद्धारकर्ता पुगेर तत्कालै उद्धारको काम सुरु गरेका थिए । घटनास्थलबाट सातजनाको उद्धार गरिएको थियो । जसमा ४ जनाको मृत्यु भएको थियो । अन्य तीन जनालाई तत्कालै जहरा अस्पताल लगिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार