free website hit counter

नाफा सँगै रिलायबल नेपालको खुद बीमाशुल्क पनि बढ्यो

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा पनि ३ करोड ३३ लाख रुपैयाँ बढेर १३ करोड २५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले ८६ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३६ करोड ३६ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

Advertisement
Advertisement

यस्तै, कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा लगानी कर्जा तथा अन्यबाट ६ करोड ४५ लाख रुपैयाँ खुद आम्दानी गरेको छ। चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ८७ करोड २६ लाख रुपैयाँ, जगेडा कोषमा ५६ करोड ६५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड ९० लाख रुपैयाँ सञ्चित छ।

Advertisement
Advertisement

कम्पनीको हालसम्म १९ लाख ९२ हजार २७६ बीमालेख जारी गरी हालसम्म २ अर्ब ६६ करोड ५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिसम्म कम्पनीले १ हजार ४३३ दाबी बापत १३ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

सम्बन्धित समाचार