free website hit counter

यात्रा प्रतिबन्धले अस्ट्रेलिया–चीन सम्बन्ध चिसिँदै

beemaadmin
२०७६ फाल्गुन ३, शनिबार

अस्ट्रेलिया । चीनसँग यात्रा प्रतिबन्धलाई थप एक हप्ता लम्ब्याउने अस्ट्रेलिया सरकारको निर्णयप्रति क्यानवेरास्थित चीनियाँ दूतावासले आपत्ति जनाएको छ। चिनियाँ दूतावासले एक विज्ञप्तीमार्फत् अस्ट्रेलियन सरकारले यात्रा प्रतिबन्धलाई थप निरन्तरता दिनु दुखद भएको प्रतिक्रिया दिएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बिहीबार कोरोना भाइरसको संक्रमणलाई लिएर चीनबाट अस्ट्रेलिया आउने अस्ट्रेलियन नागरिक बाहेकका यात्रुमाथि लगाइएको प्रतिबन्धलाई एक हप्ता अझै बढाइएको जनाएका थिए।
अस्ट्रेलियाले चिनियाँ नागरिकमाथि लागएको यात्राप्रतिवबन्धलाई चीनले अस्ट्रेलियन सरकारको अनावश्यक निर्णय भएको भन्दै अस्टेलियाले विश्व स्वास्थ्य संगठनको सिफारिसलाई सम्मान गर्ने आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनले बारम्बार चीनमाथि कुनै खालको यात्रा प्रतिबन्धको लागि सिफारिस नगरेको बताइरहेको छ। त्यसैले हामी अस्ट्रेलियाली सरकारलाई त्यसको सम्मान गर्दै यात्रा प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्छौ, विज्ञप्तिमा उल्लेख छ।
यात्रा प्रतिबन्धले अस्ट्रेलिया पढ्न आउने लाखौँ विद्यार्थी तथा कामदारहरू मारमा परेका छन् भने, यसले अस्ट्रेलियाको अर्थतन्त्रमा नकारात्मक असर परेको छ। चिनियाँ मूलका अस्ट्रेलियनहरूलाई कोरोना भाइरसको प्रकोपपछि अस्ट्रेलियामा विभेदकारी ब्यवहार भएको भन्दै चौतर्फी आलोचना भइरहेका छन्। कोरोना भाइरसको संक्रमणलाई लिएर यसअघि घोषणा गरिएको पहिलो चरणको यात्रा प्रतिबन्ध शनिबार सकिदैँछ। तर, नयाँ प्रतिबन्ध फेब्रुअरी २२ तारिखसम्म रहने छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार