free website hit counter

राजेश फेरि ज्योति लाईफको सद्भावना दूत

beemaadmin
२०७६ फाल्गुन ४, आईतवार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले फेरि २ वर्षका लागि आफ्नो व्यवसायिक सद्भावना दूतको रुपमा नियुक्त गरेको छ । उक्त आबद्धता सम्बन्धी सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री र राजेश हमालले हस्ताक्षर गरेका हुन् ।

छोटो समयमा नै कम्पनीको उल्लेख्य प्रगति भएको देख्दा व्यवसायिक सद्भावना दूतमा पुनः आवद्ध हुन पाउनु आँफैलाई हर्षको कुरा रहेको हमालले बताए । कम्पनीले बीमा योजनामा विभिन्न ३५ वटा मध्ये कुनै एक घातक रोगको उपचारकालागि अधिकतम ५० लाख रुपैयाँ सम्मको अतिरिक्त बीमा सुविधा योजना प्रदान गर्ने गरेको छ ।

त्यसका साथै बीमा अवधि भर बीमाङ्क रकम तीन पटकमा भुक्तनी गर्ने र २० वर्षसम्म बीमाङ्क रकमको ५ प्रतिशतले हरेक बर्ष भुक्तानी गर्ने नयाँ योजना “ज्योति थ्रि–ट्वेन्टी धनबहार जीवन बीमा योजना” बजारमा ल्याएको छ ।

सम्बन्धित समाचार