काठामाडौं । अभिनेता आयुस्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको प्रेम विवाहमा परिणत हुने भएको छ । उनीहरुले विवाहको मिति सार्वजनिक गरेका छन् । फागुनमा विवाह गर्ने बताउँदै आएकी नायिका कार्कीले विवाहको मिति सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी हुन् । सामाजिक सञ्जाल इन्टाग्राममा उनलेफागुन १५ गते विवाह गर्ने उल्लेख गरेकी छिन् । उनीसँगै आयुस्मानले पनि इन्टाग्राममा सोही जानकारी दिएका छन् । विवाहको मिति दुवैजनाको छलफलपछि तय भएको उनले बताएकी छिन् ।