free website hit counter

खाना जे होला स्वाद बढाउन कोका–कोला

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौं । कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । यस वर्ष, मोःमोःउत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउँदै छ ।
यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ । यो टिभीसीमा अभिनेत्री साम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगाएत रहेका छन् ।

कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ । यसले नेपालीहरुलाई आफ्ना प्रियजनहरुसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित गर्दछ ।
यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, हाम्रो नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरुलाई मनमा राखेका छौं ।

यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ । कोका–कोला कम्पनीले नेपालका मोःमोःउत्सव पारखीहरुका लागि थुप्रै आश्चर्यहरु तयार पारिसकेको जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार