free website hit counter

कोरोनाका कारण जापानमा थप २ जनाको मृत्यु

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

काठमाडौँ । कोरोना भाइरस भेटिएको डाइमण्ड प्रिन्सेस क्रुज जहाजका दुई यात्रीको मृत्यु भएको छ। जापानी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार क्वारेन्टाइनका लागि राखिएको उक्त जहाजका दुई जापानी वृद्धवृद्धाको मृत्यु भएको हो। मृत्यु हुनेमा ८७ वर्षीय पुरुष र ८४ वर्षीय महिला छन्, जो पहिल्यै संक्रमित थिए। परीक्षणबाट कोभिड १९ देखिएपछि उनीहरुलाई चिकित्सा केन्द्रमा पठाइएको थियो, त्यहाँ उनीहरुको मृत्यु भएको हो। योसँगै जापानमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
बिहीबार उक्त क्रुज जहाजबाट दोस्रो चरणमा संक्रमण नदेखिएका ५०० यात्रु बाहिर निकालिँदैछ। यसअघि ४४३ जनाले दुई हप्ता क्वारेन्टाइनमा बसेर बुधबार मात्रै जहाज छोडेका थिए। उनीहरुमा निमोनियाको सङ्क्रमण गर्ने भाइरस नकरात्मक देखिएको थियो।
बाँकी दुई हजार यात्रुमध्ये तेस्रो चरणको समूह शुक्रबार निकालिने अपेक्षा गरिएको छ। भाइरस पुष्टि भएकाको हकमा भने संक्रमणबाट मुक्त नभएसम्म थप दिन क्वारेन्टाइनमै बस्नुपर्नेछ। लगभग ३ हजार ७०० यात्रु बोकेको उक्त क्रुज जहाजमा ५० भन्दा बढी देशका मान्छे थिए। भाइरस पुष्टीको विवरण दिन प्रतिदिन बढ्दै गएको छ र बुधबारसम्ममा ६०० भन्दा बढी पुगेको छ। सरुवा रोगको राष्ट्रिय संस्थाले बुधबार जारी गरेको विज्ञप्तिअनुसार जहाजका धेरै यात्रुमा क्वारेन्टाइन अवधि सुरु हुनुभन्दा पहिलानै संक्रमण भइसकेको तथा यात्रु र चालक दलमा पनि संक्रमणको जोखिम थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार