free website hit counter

अमेरिकी प्रतिनिधिका अगाडि अर्थमन्त्रीले भने, एमसीसी पास गर्छौ

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

काठमाडौं । एमसीसीअन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्विविधा नभएको अमेरिकी काँग्रेसका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएका छन् । संयुक्त राज्य अमेरिका काँग्रेसका सदस्यद्वय जर्ज होल्डिङ्ग र अमी बेरासँग अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका थिए ।

अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराऐ । उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताए ।

विश्वका धेरै जनसंख्या भएका मुलुकहरु छिमेकी देश भएकोले विश्व बजारको केन्द्रविन्दुमा नेपाल भएको बताए । उनले गतबर्ष भएको लगानी सम्मेलनमा अमेरिकीका निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा धन्यवाद समेत दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार