free website hit counter

दुई सचिवको बढुवासँगै चार सचिवको पदस्थापन

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई जना सहसचिवलाई बढुवा गरेको छ । गृहसचिव प्रेम राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको अवकाशपछि प्रशासन समूहका दुई सचिव पद रिक्त रहेको थियो ।

दुई रिक्त सचिव पदमा बढुवा समितिले ३ जनाको नाम सिफारिश गरेर नियक्तिका लागि मन्त्रिपरिषद्मा पठाएको करिब दुई हप्तापछि सचिव बढुवा गरिएको हो । बढुवा भएकामा टेकनारायण पाण्डे र रामकृष्ण सापकोटा रहेका छन् । पाण्डे शिक्षा समूहका सहसचिव हुन् । उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. ५ बुटवलमा विगत एक वर्षदेखि कार्यरत थिए ।

उनलाई बढुवासँगै कर्णाली प्रदेशको प्रमुख सचिव बनाएर पदस्थापना गरिएको छ । बढुवा भएका अर्का सापकोटा प्राविधिक समूहका क्याडर हुन् । उनलाई बढुवासँगै नेपाल ट्रष्टका कार्यालयमा लगिएको छ । त्यस्तै बैठकले राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्र्दै सो स्थानमा कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीलाई ल्याइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार