free website hit counter

खानीको महानिर्देशकमा घिमिरे,  गुणस्तरमा सिंह

beemaadmin
२०७६ फाल्गुन १४, बुधबार

काठमाडौं । खानी तथा भूगर्व विभागको महानिर्देशक पदमा रामप्रसाद घिमिरे नियुक्त भएका छन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले घिमिरेलाई महानिर्देशक पदमा नियुक्त गरेका हुन् । यसअघिका महानिर्देशक सोमराज सापकोटाले अवकाश पाएसँगै विभागको महानिर्देशक पद खाली थियो । निमित्त महानिर्देशकको भूमिका घिमिरेले निभाउँदै आएका थिए । वरिष्ठताका आधारमा घिमिरेलाई महानिर्देशक बनाइएको बताइएको छ । २०५१ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका घिमिरे खानी तथा भूगर्भ क्षेत्रमा विज्ञ मानिन्छन् । उनलाई विभागलाई परिणामुखी बनाउनु पर्ने चुनौती छ ।
यसैगरी जेष्ठताका आधारमा बढुवा भएका सहसचिव प्रभातकुमार सिंहलाई नेपाल गुणस्तर तथा नापतौल विभागमा पदस्थापना गरिएको छ । उद्योग मन्त्रालयमा लामो समय काम गरिसकेका सिंहसँग विभागको अनुभव पनि रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार