free website hit counter

जापान कोरोनाबाट ७ को मृत्यु, ९ सय संक्रमित

beemaadmin
२०७६ फाल्गुन १५, बिहीबार

टोकियो । नेपालीहरुको बाक्लो उपस्थिति रहेको जापानमा कोरोना भाईरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । बिहिबार अपरान्हसम्ममा संक्रमितको संख्या ९ सय पुग्दा संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन ।

संक्रमित मध्ये ५१ जनाको अवस्था चिन्ताजनक रहेको छ । स्वास्थ्य मन्त्री काचुनोबु कातोलाई उदृत गर्दै एनएचके न्युज अनलाईनले उल्लेख गरे अनुसार गम्भिर अवस्थामा रहेका मध्ये ३६ जना योकोहामाको डाईमण्ड प्रिन्सेस पानी जहाँजबाट उद्दार गरिएकाहरु रहेका छन् । कोरोना भाईरसबाट सबैभन्दा बढी प्रभावित जापानको उत्तरी क्षेत्र होक्काईदो भएको छ । ४१ जना संक्रमित व्यक्ति भेटिएको सो क्षेत्रमा एकजनाले ज्यान गुमाईसकेका छन् ।

विद्यालयहरु बन्द गरिएका छन् भने पर्यटकिय सो क्षेत्र सुनसान हुन थालेका छन् । होक्काईदोपछी टोकियो कोरोना भाईरसको मारमा परेको छ । ३६ जना संक्रमित भेटिंदा थपिनेक्रम रोकिएको छैन । यसैगरि आईचि प्रिफेक्चरमा २५ र खानागावा प्रिफेक्चरमा १८ जना कोरोना भाईरसका संक्रमित भेटिएको जापानको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।

जापानका स्वास्थ्य मन्त्री कातोका अनुसार कोरोना भाईरसबाट संक्रमित भएका ३२ जना उपचारपछि निको भएर घर फर्कीएका छन् । तर उपचारपछि पनि संक्रमण बल्झिने खतरा रहेको बताईरहँदा एकजना पूर्व संक्रमितमा फेरी भाईरसको संक्रमण पाईएपछि अस्पताल भर्ना गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार