free website hit counter

अमेरिकी पुग्यो कोरोना, १४ जना संक्रमित

beemaadmin
२०७६ फाल्गुन १५, बिहीबार

न्यूयोर्क । दुई हजार सात सय भन्दा धेरै मानिसको ज्यान लिइसकेको कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म १४ जना संक्रमित भएका छन् । तीमध्ये अधिकांश यात्राका क्रममा भएको र दुईजनामा व्यक्ति–व्यक्तिबीचबाट सरेको थियो। अमेरिकी शहर सान फ्रान्सिस्कोमा कोरोना भाइरस संक्रमण फैलिनसक्ने संभावनालाई मध्यनजर गरी स्थानीयरुपमा आपतकाल घोषणा गरिएको छ। त्यहाँ कोरोनाको कुनै संक्रमणका बिरामी नभेटिए पनि सो घोषणा गरिएको हो।
क्यालिफोर्नियाको चौथो ठूलो शहर फ्रान्सिस्कोमा कोरोना भाइरसबाट सुरक्षाको तयारीलाई अझ तीव्र पार्न र त्यसबाट आइपर्नसक्ने खतराबाट जनचेतना फैलाउन त्यस्तो निर्णय गरिएको बताइएको छ। अझै पनि यहाँ एउटा पनि संक्रमण भएको पुष्टि भएको छैन, तर विश्वमा परिस्थिति निकै छिटो परिवर्तन भइरहेको छ र हामीले तयारीलाई तीव्र पार्नैपर्छ, त्यहाँका मेयर लन्डन ब्रिडले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले समुदायहरुमा कोरोना फैलिनसक्ने संभावनाप्रति सचेत र तयार रहन बुधबार आग्रह गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार