free website hit counter

४८ देशमा पुग्यो कोरोना, ३२ हजारलाई निको भयो

beemaadmin
२०७६ फाल्गुन १५, बिहीबार

एजेन्सी । चीनको वुहानबाट सुरु भएको (कोभिड १९) अर्थात् कोरोना भाइरस ४८ देशमा फैलिएको छ । अहिलेसम्म चीनमा मात्रै ३२ हजार पाँच सय सात जना र चीनबाहिर तीन सय १० जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् ।
यद्यपि कोरोनाका कारण २८ सय चार जनाको ज्यान गएको र ८२ हजार एक सय ६६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म चीनमा दुई हजार सात सय ४७ जनाको ज्यान गएको छ । चीनपछि इरानमा सबैभन्दा धेरै १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई–दुई तथा ताइवान र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ ।
चीनमा गएको २४ घण्टामा थप ३२ जनाको ज्यान गएको छ भने चार सय ३५ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै दक्षिण कोरियामा थप एक जनाको ज्यान गएको र तीन सय ३४ जनामा सङ्क्रमण देखिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार