free website hit counter

ढकालले पाए अर्को केवलकार सञ्चालन अनुमति

beemaadmin
२०७६ फाल्गुन १६, शुक्रबार

काठमाडौं । व्यवसायी चन्द्र ढकालको नेतृत्वमा निर्माण गर्ने भनिएको मौलाकाली केवलकार निर्माणका लागि मन्त्रिपरिषद बैठकले अनुमति दिने निर्णय गरेको छ । सरकारले मौलाकाली केवलकार आयोजनाको टावर बनाउनको लागि सामुदायिक बन र मौलाकाली धार्मिक बन समेत गरेर कुल जम्मा २.८२ हेक्टर जग्गा प्रयोग गर्न दिने अनुमति दिएको छ । आइएमई समुहको लगानीमा निर्माण हुन लागेको उक्त केवलकार सो समुहले गर्न लागेको दोस्रो परियोजना हो । बनक्षेत्र प्रयोग गर्न नदिने सरकारको निर्णयले गर्दा परियोजनाको काम अघि बढ्न सकेको थिएन ।
यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार सञ्चालनमा आइसकेको छ । गैडाकोट नगरपालिका स्टेसन भएर मौलाकालिकामा निर्माण हुने केबलकार निजी क्षेत्रको आयोजनामा स्थानीय सहभागिताको नमुना हुने गरेर बनाउने प्रतिबद्धता ढकालले गर्दै छन्। यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार सञ्चालनमा आइसकेको छ ।

सम्बन्धित समाचार