टोकियो । जापानको एउटा कम्पनीले पाँच दर्जन नेपाली केयरगिभर माग गरेको छ । तोकुतेइ गिनोउ (विशेष सीपयुक्त कामदार) भिसा अन्तर्गत जापानको एउटा कम्पनीले ६० जना नेपाली कामदार लिन चाहेको आशयसहितको पत्र टोकियोस्थित नेपाली राजदूतावासमा मागपत्र पेश गरेको बताइएको छ ।
नेपाली राजदूतावास स्रोतकाअनुसार अनुसार तोचिगी प्रिफेक्चरमा रहेको सो कम्पनीले कियरगिभरमा ६० जना नेपाली कामदारको मागपत्र दूतावासमा पेश गरेको बताइएको छ । कम्पनीको बिस्तृत विवरण प्राप्त भएपछि चित्तबुझ्दो लागेमा थप प्रक्रिया अगाडि बढाईने दूतावासले बताएको छ ।
जापान सरकारले निर्दिष्ट गरेको नियम अनुसार जापानी भाषामा ’एन फोर’ लेभल र सम्बन्धित क्षेत्रको सीप परीक्षा उत्तीर्ण नेपालीले तोकुतेइ गिनोउ भिसामा जापान आई सम्बन्धित कम्पनीमा काम गर्न पाउने छन् । यसरी तोकुतेइ गिनोउ भिसामा जापान आएका कामदारको तलव, सुविधा जापानी नागरिक सरह हुने छ भने भिसा ५ वर्षको हुने छ । तर सुरुमा भने ६ महिनाको हुने र क्रमशः थपिदैं जाने बताईएको छ । कामदारले सीप तथा भाषा लगायतका क्षेत्रमा क्षमता प्रदर्शन गरी राम्रो रेकर्ड राख्न सकेमा र कम्पनीले चाहेमा निजलाई थप ५ वर्षको लागि सिफारिस गर्न सक्नेछन् । अन्यथा ५ वर्षपछि नेपाल फर्कनुपर्ने हुन्छ । यसरी आएका कामदारलाई डिपेन्डेन्टमा आफ्ना परिवार ल्याउने सुविधा भने तत्कालका लागि नहुने बताईएको छ ।