free website hit counter

जापान विद्यार्थीलाई अनुमती बन्द

beemaadmin
२०७६ फाल्गुन २०, मंगलवार

काठमाडौं । नेपाल सरकारले कोरोनाका कारण विद्यार्थीलाई जापान जान रोक लगाएको छ । कोरोनाको संक्रमण विश्वकव्यापी हुँदै गएपछि उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विदेश जान चाहने विद्यार्थीलाई जापान सहित सबै देश जान तत्कालको लागि रोकेको सरकारले जनाएको छ । अनुमती पाइसकेकालाई समेत जान रोक लगाइएको र अध्ययन अनुमति पत्र (एनओसी) वितरणमा समेत रोक लगाइएको छ। मन्त्रिपरिषदको निर्णय प्रमाणिकरण भएर नआएकाले कार्यान्वयनमा भने यो साताको अन्त्यसम्ममा आउने शिक्षा मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले मन्त्रिपरिषद कार्यालयबाट निर्णय प्रमाणिकरण गरेर आएपछि मात्र कार्यान्वयनमा जाने बताए। कोभिड भाइरस विश्वका ६५ भन्दा बढी मुलुकमा फैलिसकेको छ । विशेषगरी नेपाली विद्यार्थी धेरै जाने जापान, अष्ट्रेलिया, अमेरिका, इटाली, कोरिया, चाइना, मलेसिया लगायतका मुलुकमा यस भाइरसको संक्रमण चर्को रुपमा फैलिएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार