free website hit counter

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको शल्यक्रिया शुरु

beemaadmin
२०७६ फाल्गुन २१, बुधबार

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले प्रत्यारोपण गर्नेछ । मृगौला प्रत्यारोपण कार्यको लागि सहयोग पुर्याउन यसअघि भारतको मेदान्त अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपाण गर्ने चिकित्सकहरु पनि टोलीमा रहेको बताइएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सरकारी उच्चअधिकारीदेखि शुभेच्छुकहरुको बाक्लो उपस्थिति त्रिवि शिक्षण अस्पतालमा रहेको छ ।  फाइल तस्बिर

सम्बन्धित समाचार